‘किसान तथा मजदुरको पाटी एमाले’: एमाले उम्मेदवार गुरूङ
पाेखरा | कात्तिक ३, २०७९
पोखरा : आगामी मंसिर ४ गते हुने निर्वाचनमा कास्की क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभाका लागि एमाले उम्मेदवार मनबहादुर गुरूङले एमाले दुःखी, किसान तथा मजदुरको पाटी भएको बताएका छन् ।
उनले एमालेले बहुमत ल्याएमा विकासको लहर आउने स्पष्ट पारे । पोखरा २८ का मतदातासँग उम्मेदवार परिचयात्मक कार्यक्रममा गुरुङले यसअघि प्रदेश सांसद हुदा आफुले आम नागरिकको पक्षमा काम गरेको बताउँदै यस पटकको निर्वाचनमा पनि एमालेलाई बहुमतले जिताउन मतदातासँग आग्रह गरेका छन् ।
कार्यक्रममा क्षेत्र नम्वर १ (ख) का प्रदेश तर्फका एमाले उम्मेदवार वेदबहादुर गुरूङ (श्याम) ले एमालेले जितेमा सन्तुलित ढगंले विकास हुने विश्वास दिलाए । यदि गठबन्धनको विजय भएमा फेरि मंहगी बढ्दै जाने उनको भनाई छ ।
गण्डकी प्रदेशका लागि समानुपातिक उम्मेदवार नन्दकली परियारले आफ्नो उम्मेदवारी सम्पूर्ण महिलाको नेतृत्वको उम्मेदवारी भएको बताउँदै एमाले उम्मेदवारलाई अत्याधिक बहुमतले जिताउन आग्रह गरिन् ।
कार्यक्रम नेपाल कम्युनिष्ट पाटी एमाले पोखरा महागरपालिका वडा नम्बर २८ को अध्यक्ष रामकृष्ण तिवारीको अध्यक्षतामा भएको थियो ।
काठमाडौं: राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...
पोखरा: पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

